बुधबार, बैशाख १२, २०८१

कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै रु दुई करोड फिरौती मागेर ज्यान मार्ने धम्की दिने चार अभियुक्त पक्राउ

काठमाडौ चैत ३० , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु दुई करोड फिरौती मागी ज्यान मार्ने धम्की दिने चारजनालाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले पक्राउ गरेकाहरुमा क्रमस गोरखा सुलिकोट घर भई काठमाडौ खुशिबुँ नयाँ बजार बस्ने जग्गा व्यवसायी हरिप्रसाद सापकोटा र अन्य व्यवसायीसँग फिरौती माग्ने गोरखाका चेतबहादुर गुरुङ, सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका अनुसार उनीहरुले आफूहरु नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै रु दुई करोड माग गरेका थिए । साथै उनीहरुले भारतीय नम्बरबाट समेत फोन र एसएमएस गरेर धम्की दिने र पैसा नदिए बम हानेर ज्यान मार्ने धम्की दिएको अनुुसन्धानमा खुल्न आएको जनाएके छ । त्यस्तै पक्राउ परेका अभियुक्तमाथि अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।