मङ्लबार, बैशाख १८, २०८१

हनुमानढोका-स्वयम्भुनाथ सम्पदा मार्ग निर्माणका लागि मरूहिटीमा अन्तक्र्रिया

विष्णु विष्ट /काठमाडौ चैत १४ ,  काठमाडौं निर्वाचन क्षेत्र .८.संघीय संसदका सांसद जीवनराम श्रेष्ठले महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भुनाथसम्म ‘सम्पदा मार्ग’ निर्माणका लागि भन्दै स्थानीय क्षेत्रका संघसस्था र व्यक्ति विशेषसंगको अन्तरक्रियालाइ विशेष जोड दिनु भएको छ ।

यसैक्रममा आज प्रस्तावित सम्पदामार्ग अन्र्तगत पर्ने कामपा वडा .न. १९ स्थित मरूहिटी क्लबमा आयोजित अन्तक्र्रियामा विश्वसम्पदा क्षेत्रमा सूचीकृत दुवै सम्पदास्थलको दूरी करीव दुई किलोमिटर मात्र रहेको हुँदा उक्त क्षेत्रलाइ ‘सम्पदा मार्ग’ कारुपमा विकास गरिनुपर्नेमा चिन्तन गरिएको हो ।

 अन्तक्र्रियामा आफ्नो अभिव्यक्ति राख्ने क्रममा सांसद श्रेष्ठले विश्व सम्पदास्थलदेखि विश्व सम्पदास्थलसम्मको यात्रालाई व्यवस्थित बनाउनसकेमा विश्वमा नौलो प्रयोग हुने बताउँदै त्यहाँका संरचना परम्परागत शैलीमा निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।  त्यस अवसरमा क्लवका पदाधिकारी, कामपा–१९का वडाध्यक्ष शशिलाल श्रेष्ठ लगायतका सरोकारवालले ‘सम्पदा मार्गको र आवश्यक सकारात्मक रहेको भन्दै यसको लागि आवश्यक पूर्वाधार तय गर्दै अगाडि बढ्नुपर्ने आशयको विचार व्यक्त गरिएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।