मङ्लबार, बैशाख १८, २०८१

उत्कृष्ट विशेष उद्यमीको पुरस्कार कमलालाई

काठमाडौं चैत १४, मुलुकभरका २३ हजार महिलालाई हस्तकलाको सीप सिकाइ सकेकी युनिक क्रिस्टल हस्तकला उद्योगकी संचालीका कमला सुवेदीले यस बर्षको विशेष उद्यमी पुरस्कार प्राप्त गरेकी छन् ।

घरेलु तथा साना उद्योग विकास समितिले राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा उनले २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार नेपाल चेम्बर अफ कमर्शले प्रायोजन गरेको थियो ।

गत चैत ९ देखि १४ गतेसम्म भएको प्रदर्शनीमा हेटौंमा रहेको उनको सुवेदीको युनिक क्रिस्टल हस्तकला उद्योगले आफ्ना वस्तु प्रदर्शन गरेको थियो । उनलाई उद्योग सचिव यमकुमारी खतिवडाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिन् ।  उनले यसअघि सन् २०१४ मा सरकारले प्रदान गर्ने उत्कृष्ट उद्यमी पुरस्कारसमेत यही ब्यवसायबाट प्राप्त गरिसकेकी छन् । यस  उद्योगले बिशेष गरी महिलाले श्रृंगार गर्न प्रयोग गर्ने सामानसामान उत्पादन गर्दै आइरेहको छ । चुरा, टप, विभिन्न प्रकारका माला, पर्स लगायतका सामान उत्पादन गर्छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।