आइतवार, बैशाख १६, २०८१

सभापतिको रवैयाले काँग्रेसको अस्तित्व संकटमा : नेता सिंह

काठमाडौ चैत १४ ,  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गर्दै विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षणमा मात्र सभापति लाग्ने हो भने काँग्रेसको अस्तित्व संकटमा पर्ने बताउँनु भएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्धारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले अहिलेको आवश्यकता भनेको नेता विशेष लाई भन्दापनि कांग्रेसलाई जोगाउन आवश्यक रहेको समेत बताउँनु भएको छ ।

 नेपाल ट्रेड युनियन बाँकेको जिल्ला अधिवेशनमा मा सहभागि हुन बाँके पुग्नु भएको नेता सिंहले वाम गठबन्धनको साम्यावादी व्यवस्था ल्याउन उद्घोष गरेको अवस्थामा सर्वोच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी ओलीले सबै अधिकार आफूमा केन्द्रीत गर्नु त्यसको पहिलो कडि भएको जनाउ दिदै कुनैपनि अधिनायकवादी व्यवस्था सित कांग्रेस नझुक्ने भन्दै गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध गर्ने बताउँनु भएको छ।

साथै उहाँले जारी केन्द्रीय समिति बैठकले चुनावी समिक्षाका अतिरिक्त पार्टी सुधारको लागि विधिवत महत्त्वपूर्ण निर्णय हुने समेत जनाउ दिनु भएको  छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।