सोमवार, बैशाख १७, २०८१

राजधानीमा युरेशियाको मुटु रुसको ओरेन्बर्ग शीर्षक कला प्रदर्शनी

काठमाडौ फागुन २२ , नेपाल र रुसवीच सांस्कृतिक सम्बन्धलाई थप प्रगाध बनाउनका लागि राजधानीमा हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ ।  फागुन २७ गतेसम्म जारी रहने प्रदर्शनीको प्रदर्शनीको सोमवार राजधाानीस्थित रसियन कल्चरको सभाकक्षमा नेपाल रसियन आर्ट क्लब र रुसी सांस्कृतिक केन्द्रको आयोजना आयोजित सुभारम्भ सत्रमा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नका लागि सांस्कृतिक आदानप्रदान तथा कला प्रदर्शनी महत्वपूर्ण हुने बताउनुभएको छ । 

 त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग प्रमुख तथा नेपाल रसियन आर्ट क्लबका अध्यक्ष सुष्मा राजभण्डारी सांस्कृतिक केन्द्रका निर्देशक स्टानिस्लाभ सिमाकोभले युरोप र एशियाका महत्वपूर्ण विषयवस्तुको सूचना उपलब्ध गराउन कला प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।