सोमवार, बैशाख १७, २०८१

दलीय सहमतिमा राष्ट्रिय सभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने प्रम देउवाको जनाउ

काठमाडौ पुस १८,  नेपाली काँग्रेसका नेता गण पार्टी सभापति शेरवहादुर देउवावीच आज भएको छलफलमा नेतागणले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाइ प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सुझाव दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलको क्रममा प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट प्रमुख दलहरूसंगको आवश्यक परामर्श पछि प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न ने तयारी गरेको थाहा गरेको बताउँनु भएको छ ।

नेपाली काँग्रेसका शीर्षनेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएसंगै प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रावनैतिक सहमतिका लागि छलफल गर्ने तयारी गर्नु भएको बुझिएको छ ।

यसअघि पनि निर्वाचन आयोगका पदाधिकारीसंगको भेटमा आयोगका पदाधिकारीले प्रम देउवालाइ राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गर्नुभएको थियो ।  आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेता खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल खाँणलगायत उपस्थित रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।