शुक्रबार, चैत्र १६, २०८०

त्रिचन्द्र अगाडि प्रहरी र विद्यार्थीवीच झडप, स्थिती तनावग्रस्त

काठमाडौ पुस १८,  आज राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शन मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपका कारण त्यस क्षेत्रको  स्थिती अहिले तनावग्रस्त रहेको  छ   भने यातायात समेत प्रभावित भएको  छ ।

विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । प्रहरीले पुत्ला खोस्न लाग्दा प्रहरी दमन भएको भन्दै विद्यार्थीले ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।