मङ्लबार, बैशाख १८, २०८१

सडक वालवालिका मुक्त समाज सरकारको अभियान: मन्त्री थापा

पत्रकार युवराज विद्रोहीलाई सम्मानीत

काठमाडौं साउन ३ सडक बालबालिकाको संरक्षणमा निम्ति क्रियाशील संस्था बाल सारथीको १३ औं बार्षिकोत्सव समारोहमा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले वाल अधिकारको संरक्षण् त्यसको प्रवद्र्धनका लागि नियमावली बनाउन लागेको बताउनुभएको छ ।
त्यस्तै उहाँले सरकारको परिकल्पना भनेको सडक वालवालिका मुक्त समाज भएको बताउँदै सरकारको प्रस्तुत अभियानमा स्थानीय तह सबैभन्दा बढी जिम्मेवार निकाय भएकाले स्थानीय तहलेयसअभियानलाइ गम्भीरतापूर्वक लिनु पर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा बाल सारथीकी अध्यक्ष अस्मिता सुमार्गीले समाजले संवेदनशीलता गुमाउँदा अझपनि कयौं बालबालिका विभिन्न किसिमका दुव्र्यवहारको शिकार हुन बाध्य भएको बताउँदै एउटी बालिका बलात्कृत हुँदा समाज संवेदनहीन भएको देख्दा आफूलाई अत्यन्तै पीडा भएको बताउँनु भएको छ । साथै उहाँले आफूले अनुभूत गरेको र देखेका धेरै पीडादायी घटनाहरुलाई समेटेर मैले पुस्तक प्रकाशन गरेको जानकारी दिदै प्रस्तुत  पुस्तकमा सयौं बालबालिकाका यथार्थ घटनाहरुलाई समेट्ने प्रयास गरेको बताइन ।

त्यस्तैगरि कार्यक्रममा बाल सारथीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको छ । यसरी सम्मानित हुनेमा नेपाल पत्रकार मञ्चका अध्यक्ष एवं पत्रकार युवराज विद्रोहीलाई समेत पत्रकारिताको माध्यमबाट सहयोग पु-याएकोमा सम्मान गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।