शनिबार, बैशाख १५, २०८१

गृह प्रशासन मातहतका कर्मचारी र संघीय मामिला अन्र्तगतका कर्मचारी सवैभन्दा बढि घुस्याह : आयोग

सेवाग्राहीकै भेषमा सुराकी परिचालन गर्ने आयोगको नितिले सोचभन्दा बढि प्रभावकारि 

काठमाडौ साउन ३, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहिलोमा गृह प्रशासन दोस्रोमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र तेस्रो चौथौ र पाँचौमा क्रमस भूमि व्यवस्थाका वातावरणका ऊर्जा जलस्रोत तथा सिँचाइ शिक्षा विज्ञान प्रविधि ,भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानून तथा न्याय मन्त्रालयका कर्मचारी घुस्या भएको बताएका छन ।

यस मध्ये पनि पहिलोमा गुह मातहत २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउपरेको जनाउ दिदै गेहका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको बताएका छन । त्यस्तै सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय अन्र्तगत विभिन्न निकायका २६ कर्मचारी घुस सहित पक्राय परेको जनाउ सार्वजनिक गरेको छ भने बाँकी मन्त्रालय क्रमस  भूमि व्यवस्थाका २२, वन वातावरणका ११, ऊर्जा जलस्रोत तथा सिँचाइका नौ, शिक्षा विज्ञान प्रविधिका आठ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानून न्यायका ७ ÷७ जना कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका जानकारी दिएका छन ।

त्यस्तै आयेगले अन्य मन्त्राल क्रमस अर्थका ५, उद्योग वाणिज्य तथा आपूर्तिका ४ , कृषि विकासका ३, स्वास्थ्यका तीन, श्रमका र्२, शहरी विकास, खानेपानी मन्त्रालयका कर्मचारी पनि घुस प्रकरणमा पक्राउ परेको जानकारी दिदै राष्ट्रसेवक कर्मचारी घुस रकम सहित पक्राउ पर्नु आफैमा लाजमर्दाे प्रसंग भएको जिकिर गरको छन ।

साथै आयोगले आयोगले सेवाग्राहीको बढी भीड हुने सरकारी निकायमा सेवाग्राहीकै भेषमा सुराकी परिचालन गर्ने आयोगको नितिले सोचभन्दा बढि प्रभावकारिता प्राप्त भएको जानकारी दिदै प्रस्तुत निति मुलत नापी, मालपोत कार्यालय, यातायात व्यवस्था विभाग, नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र, त्रिभुवन विश्वविद्यालय, जिल्ला प्रशासन कार्यालय लक्षित रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।