शुक्रबार, बैशाख ७, २०८१

परराष्ट्रमन्त्री ज्ञवाली सहित १४ जनाद्वारा अङ्गदानको मञ्जुरिनामामा हस्ताक्षर

भक्तपुर साउन ३ ,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका श्रीमती सरस्वती ज्ञवालीले मृत्युपछि दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग दान गर्नु भएको छ ।  आज शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले क्रमस मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा लगायतका अङ्गदानको घोषणा मञ्जुरिनामामा हस्ताक्षर गर्दै यस्तो घोषणा गर्नु भएको हो ।

कार्यक्रममा उहाँले कानुनत अङ्गदानको व्यवस्था भएपनि चेतनाको कमिका कारण आशातित रुपमा अङ्गदानको कार्यक्रममा प्रभावकारिता आउँन नसकेको जनाउ दिदै मृत्युपछि यस्ता अङ्ग जनाउनु भन्दा पनि यी अङ्गले बाँचेका र अर्थ अभाव भएका विरामीले नयाँ जीवन पाउँने भएकै कारण अङ्गदानको लागि कुनै हिचकिचाहत नगर्न आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा रविभूषण सुवाललगायतले पनि अङ्गदानको घोषणा गर्नु भएको प्रस्तुत कार्यक्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले यसी दान गरिएका अङ्गबाट ६ जना विरामीलाई मिर्गौला र एकजनालाई कलेजो प्रत्यारोपण गरिएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु