शुक्रबार, बैशाख ७, २०८१

न्यून बजेटका वावजुद पनि ७९ प्रतिशत काम सम्पन गर्नु महत्वपूर्ण उपलब्धि : उपप्रम यादव

भक्तपुरको दुवाकोटमा वीर अस्पताल भवन बनाउँन स्थानीय पूर्वाधार लगायतका अन्य विविध कारणभवन बनाउन चीन अनिच्छुक रहेको प्रतिवेदन दिएपछि अस्पताल निर्माणमा ढिलाइ भएको स्वास्थ्यसचिव डा चौधरीको जनाउ

काठमाडौं साउन ३ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमा मन्लायको तर्फबाछ सम्पादित मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनम बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकको समग्र स्वास्थ्य क्षेत्रका सर्वाङ्गिण विकास लागि कुल बजेटमा १० प्रतिशत बजेट विनियोजन हुन पर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले बजेट र दक्ष जनशक्तिको अभाव भएकै कारण स्वास्थ्य क्षेत्रले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताउँदै सरकारले यस क्षेत्रका लागि कुल बजेटको ४ दशमलव ४८ प्रतिशत बजेट उपलब्ध गराएकोमा ४ प्रतिशत बजेट त कर्मचारी तलबभत्तामानै नै खर्च हुने बाँकी शुन्य दशमलब ४८ प्रतिशत बजेटमा त्यस्तो उल्लेख्य कार्य सम्पादन हुन्छ भनेर सोच्नु न्यायसंगत नहुँने बताउँनु भएको छ । यद्यपी आज सार्वजनिक गरिएको मुख्य उपलब्धिको आंकडा हेर्ने हो भने सिमित स्रोतका वाजुद पनि मन्त्रालयले निकै सकसपूर्ण अवस्थामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउँनु भएको छ ।

मन्त्रालयले गत आवमा सरकारद्दारा घोषित नीति तथा कार्यक्रमको मर्म अनुरुप एक सय प्रतिशत मध्य ७९ प्रतिशत काम सम्पन गरेको त्यस्तै प्रगतिउन्मुख १५ प्रतिशत र सम्पन्न हुन मुस्किल काम ५ प्रतिशत रहेको आंकडा प्रस्तुत गरेको छ ।  त्यस्तै मन्त्रालयले आज नीति, रणनीति, ऐन, नियम, मापदण्ड, निर्देशिका र कार्यविधि अन्तर्गत १७ बुँदे ृपलब्धि त्यस्तैगरि वटा, स्वास्थ्य संस्था तथा निकायहरु हस्तान्तरणमा २, योजना तर्जुमा, अनुगमन, मूल्यांकन र समन्वयमा ७, सेवा प्रवाहमा १०, विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्यमा ६, अध्ययन, अनुसन्धान र सर्वेक्षणमा ३, भौतिक पूर्वाधारमा ३ र विशेषज्ञ चिकित्सक परिचालनमा १ गरी ५० वटा मुख्य उपलब्धि सार्वजनिक गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा स्वास्थ्यसचिव डा पुष्षा चौधरीले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको स्थानीय पूर्वाधार लगायतका यावत कारण
भवन बनाउन मित्रराष्ट चीन अनिच्छुक हुँदै सोहि व्यहोराको  प्रतिवेदन दिएपछि अस्पताल निर्माणमा ढिलाइ भएको जनाउ दिइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु