प्रधानमन्त्री केपी ओली श्रीलंकाका समकक्षी रनिल बिक्रमासिंघेवीच फोन वार्ता बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालले जुनसुकै आवरणमा हुने आतंकवाद विरुद्धमा उभिने प्रतिवद्धता व्यक्त….
समाचार एजेन्सी/ बैशाख ८, श्रीलङ्काको राजधानी कोलम्बोस्थित चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतलाइ दृत गर्दै समाचार एजेन्सीले जनाएको छ ।राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।
समाचार एजेन्सीका अनुसार प्रहरी प्रवक्ता रूवान गुनशेकरालाइ उदृत गर्दै जनाईए अनुसार मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको र घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने बताईएको छ । बिस्फोट आक्रमणको कसैले जिम्मेवारी नलिएको समाचार एजेन्सीले जनाएको छ । त्यस्तै राजधानी कोलम्बोमा सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ
यसैवीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध आग्रह गर्दै उहाँले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताउनुभएको छ । घटनाको विश्वभरबाट निन्दा भएको छ ।
यसैक्रममा नेपालको तर्फबाट प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका समकक्षी रनिल बिक्रमासिंघेलाई फोन गरी बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन सम्वादका क्रममा बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । त्यस्तै प्रम ओलीले नेपालले जुनसुकै आवरणमा हुने आतंकवाद विरुद्धमा उभिने प्रतिवद्धता जनाउँदै विस्फोटलाई मानवता विरोधी घटनाको संज्ञा दिएका दिनु भएको बताईएको छ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान