मङ्लबार, बैशाख १८, २०८१

चैत २२ बाट प्रदेश न २ को यसअघि रद्द भएको एसइई परीक्षा सुचारु हुने

भक्तपुर चैत १९ परीक्षा बोर्डको सोमवार बसेको बैठकले यसअघि परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि स्थगन गरेको प्रदेश नं २ कोे एसइईको परीक्षा आगामी चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

एकपछि अर्को गर्दै विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक हुने क्रम बढेपछि लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले सवै परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै स्थगन गरिएका परीक्षा मध्ये अन्य चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुने पनिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।