शुक्रबार, बैशाख १४, २०८१

सिप्ला लगायतका ९ वटा कम्पनीद्दारा Who Gmp विपरित उत्पादित औषधि नेपाली बजारमा छरपस्ट

यस्तो औषधिको प्रयोग मावन स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञको दावी

औैषधि व्यवस्था विभागद्दारा ३५ वटा भारतीय कम्पनीको अडिट विवरण सार्वजनिक, नेपाल पैठारी हुने ३५ वटा भारतीय औषधि कम्पनी मध्ये ९ वटा कम्पनीको Who Gmp  फेल 

श्रीजन झा / काठमाडौं चैत १९  , नेपाली औषधिको बजारमा परिणात्मकरुपमा ठूलो हिस्सा ओगट्दै आइरहेको विभिन्न भारतीय कम्पनी द्दारा उत्पादित औषधिको नियमन गर्ने निकाय एसडिएससिओले ३७ वटा भारतीय कम्पनीद्दारा उत्पादित औषधि फर्माकोपियाको मान्यता विपरित भएको जनाउ दिदै सार्वजनिक गरेको सूचीको तरंगका कम्पन नरोक्दै फेरि औषधिको बजारमा नया तरंगको परकम्पन महशुस गरिएको छ ।

एक पछि अर्को गर्दै औषधि जगतमा आउँदै जाँदै गरेको परकम्पनका कारण आज आम उपभोक्ता जो औषधिलाइ आफ्नो जीवन साथी बनाउँदै जीवन जगतको साक्षात्कार गरिरहेका मात्र नभइ सामान्य रुघाखोकी देखि गम्भीर प्रकृतिका रोग निवारणको आशाका किरण पर्खिरहेका उनिहरु अन्यौलमय सागरको भूमरीमा घोत्लिन बाध्य हुन परिहेका छन ।

 

 

 

हामीले स्वस्थ्य एवम निरोगीपनको लागि सेवन गर्ने औषधिमानै अनेकन समस्या भएपछि त्यो औषधिले किमार्थ मानव स्वास्थ्यको लागि अनुकुल होइन प्रतिकुल परिणाम दिन्छ भन्ने बुझदा बुझ्दैपनि चाहेर होस वा नचाहेर पनि ति औषधि सेवन गर्नुपर्ने वाध्यता सिर्जना गरिन्छ आखिर किन ? राज्यको नागरिक प्रतिको उत्तरदायित्व नागरिकको मौलिक हकको व्यवस्था विधानमा मात्रै दफागत व्यवस्था गर्ने होकी त्यसको कार्यान्यवनको मार्ग पनि प्रसस्त गर्ने हो ? आज जनजनले यो प्रश्न सम्बद्ध विभाग र राज्यका सरोकारवाला निकायसंग माग्दै गर्दा पनि राज्य राज्य मातहतका निकाय कानमा तेल हालेर केवल औपचारिकतामा रमाइरहेका छन ।

प्रसंग हो औषधि जगतको अ देखि ज्ञ सम्मको सम्पूर्ण क्रियाकलापको सुक्ष्म अध्ययन सहितको नियमन गर्ने प्रतिवद्धता वोकेको नियमक निकाय औषधि व्यवस्था विभागले मिति २०७५ चैत ११ गतेको विभागीय निर्णय सहित आर्थिक वर्ष २०७४/ ०७५ मा विभागको तर्फबाट नेपालमा विभिन्न आधिकारीक एजेन्ट मार्फत विभिन्न व्राण्डका औषधि पैठारी गर्ने ३५ वटा भारतीय कम्पनीको सूची गत शुक्रवार आफ्नो वेव पेजमार्फत सार्वजनिक गरेको छ ।  सार्वजनिक सूचीको टेवल न .१ मा डब्लुएचओ जीएमपी अर्थात औषधि उत्पादनका लागि विश्वस्वास्थ्य संगठनले तोकेको विश्वव्यापी मान्यता अनुरुप रहेको भन्दै २६ वटा कम्पनीको सूची प्रकाशित गरेको छ ।

त्यस्तै टेवल न. २ मा ९ वटा भारतीय कम्पनी क्रमस ओजन फर्मास्युटिकल्स, सिप्ला, फर्मास्युटिकल्स,कन्सेप्ट, लिकोनल ,मर्करी, सञ्जीवीनी र ग्रिनटेक लाइफसाइन्स प्रालि नामक कम्पनीले औषधि उत्पादनको क्रममा अपनाउँनुपर्ने डब्लुएचओको विश्वव्यापी मान्यताको वर्खिलाप न्यून गूणस्तरका औषधि उत्पादन गरेको जनाउँदै प्रस्तुत कम्पनीको Who Gmp फेल भएको विवरण उल्लेख गरेका छन .

स्मरणीय छ, यस पटक औषधि विभागले गुणस्तरिय औषधि प्रतिको जनजनको अपेक्षालाइ सम्बोधन गर्ने प्रयास गरेको छ । यसको लागि विभाग निशन्देह धन्यवाद पात्र हो भन्नु पर्नेमा कुनै धक मान्नु पर्देन । तर विभागको अडित मिति जुलाइ २०१८ मा ध्यान दिने हो भने यस वीचमा यी कम्पनीद्दारा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड विपरित उत्पादित विभिन्न ब्राण्डको औषधि नेपाली औषधि बजारमा उत्पादन यत्र तत्र सर्वत्र छरपस्ट भेटिन्छ । यहाँसम्मकी औषधि उत्पादनको क्रममा अपनाइने फर्मा कोपियाको मूल्य मान्यता संगै डब्लुएचओ  जीएमपीको पनि त्यतिकै महत्वपूर्ण हुन्छ ।  यि दुइ मध्ये एकको अभावमा उत्पादन भएको औषधिले औषधिको प्रारुपमा अपेक्षित परिणाम मानव स्वास्थ्यमा प्रवाह गर्न नसक्ने विभाग सम्वद्ध समाचार स्रोत एवम औषधि विज्ञको दावी रहेको छ  ।

त्यस्तै विभागले जनहितको लागि विवरण त सार्वजनिक गर्यो तर बजारमा निर्वाद विक्रि भइरहेका यी कम्पनीको उत्पादन भारतीय कम्पनीका नेपाल स्थित सुपर मार्फत रिकल गर्छ वा गर्दैन त्यो भने प्रतिक्षाको विषय भएको छ । साथै समाचार स्रोतका अनुसार डब्लुएचओ जीएमपी फेल भएका भनिएको ९ वटा कम्पनीको औषधि उत्पादनले प्रत्यक्ष वा परोक्ष रुपमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने संभावना उच्च रहेको दावी समेत गरेको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।