शुक्रबार, चैत्र १६, २०८०

न्याय परिषद् बैठकद्दारा सर्वोच्चको रिक्त न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं चैत १९, न्याय परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

प्रन्या चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले क्रमस सर्वोच्चको स्थायी न्यायाधीशका लागि प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको पराप्त समाचारमा उल्लेख गरिएको छ ।
हो ।

त्यस्तै परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीश मध्यबाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको जनाउँदै आज सिफारिस पाँचै जनाको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्ति हुने समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।