पोखरा फागुन ९, नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै संघीय संसदका सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणको संवाहक बन्नु पर्नेमा जोड दिनु भएको छ ।
त्यस्तै उहाँले मुलुकको समृद्धिका लागि सञ्चार जगतले खेल्नुपर्ने भूमिकाका सवालमा वोल्दै समाज परिवर्तनका लागि सञ्चार क्षेत्रले यो वा त्यो नभनी सकारात्मक दायित्व निर्वाह गर्नु अपरिहार्य रहेको जनाृ दिदै जस्तोसुकै विषम परिस्थतीमा पनि चुस्त दुरस्त हुने पर्ने बताउँनु भएको छ । सम्बोधनकै क्रममा पवतमा मुलुकमा विद्यमान यावत निरङ्कुशताको सामना गर्दै आएको नेपाली सञ्चार जगतले अवका दिनमा अराजकताको सामाना गर्दै त्यसको निरुपण गर्नु पर्ने बताउँनु भएको छ ।
त्यस अवसरमा सभामुख महराले गण्डकी प्रदेशको आन्तरिक कार्यविधि लोकार्पण सहित सञ्चार जगतका विभिन्न व्यक्तित्वलाई सम्���ान गर्ने क्रममा महासङ्घद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पाँच जनालाई उक्त अवसरमा पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासङ्घका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित रु एक लाख पुरस्कार राशिको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सप्तरीका शिवहरि भट्टराई त्यस्तै, ५० हजार पुरस्कार राशिको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ त्यस्तै ५० हजार पुरस्कारको राशिको कृष्णसेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बलराम थापालाइ र रु १५ हजार पुरस्कार राशिको दुइ पुरस्कार क्रमस उमासिँह स्मृति पत्रकारिता पुरस्कारबाट सिरहाका हिरालाल चौधरी र गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट अछामकी गीता कुँवरलाई प्रदान गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सचेत रहेको बताउँदै समानुपातिक विज्ञापनका लागि सरकारले ‘विज्ञापनसम्बन्धी विधेयक’ संसद्मा पेश गरेको र सरकारले अब विज्ञापन बोर्डमार्फत विज्ञापन उपलब्ध गराउने मन्त्री बाँस्कोटाले जानकारी दिनुभएको उक्त कार्यक्रममा साधारण सभाको उद्घाटनसत्रमा गग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेकपाका नेता योगेश भट्टराई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कुमार खड्काराजपाका नेता लक्ष्मणराज कर्ण, सङ्घीय समाजवादी फोरमका उपमहासचिव प्रकाश अधिकारीका साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल , डा शुरेस आचार्य शिव गाउँले डा महेन्द्र विष्ट र विभिन्न सञ्चार क्षेत्र सम्बद्ध सङ्गठनका नेताले सम्बोधन गर्नु भएको थियो ।
त्यस्तै शुक्रवार प्रस्तुत साधारण सभा अन्र्तगतको विधान अधिवेशनको बन्द सत्रबाट नितिगत निर्णय सहित पोखरा घोषणापत्र जारी गर्दै साधारणसभाको समापन हुँने महासंघले जनाएके छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान