बुधबार, बैशाख १२, २०८१

सभामुख महराद्वारा दुःख व्यक्त

काठमाडौ फागुन १०,   सभामुख कृष्णबहादुर महराले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभामुख महराले आज जारी गर्नु भएको शोकवक्तव्यमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वलीको उपचारकै क्रममा आज बिहान मेडिसिटी अस्पतालमा निधन भएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नु भएको छ ।

तयस्तै विज्ञप्त्मिा देशसभा सदस्य वलीको दुःखद निधको यस घडीमा दिवङ्गतआत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै वलीको निधनसँगै दाङका एक ऊर्जाशील र क्षमतावान् जनप्रतिनिधि गुमाएको जिकिर गर्दै पछिल्लो समय नेपालमा सवारी दुर्घटना विकराल समस्याका रुपमा देखिएको र
सडक दुर्घटनाबाट प्रतिभावान् व्यक्तित्वलाई गुमाइरहनु परेको अवस्थालाइ हेक्का राख्दै र्घटना न्यूनीकरणका लागि केही न केही कदम अघि बढाउन आवश्यक रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।