मङ्लबार, बैशाख १८, २०८१

राजश्व चुहावट गर्ने भन्सार अधिकृत खड्कासहित ८ जना विरुद्ध मुद्धा दायर

विचाराधीन सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने नासु भोलानाथ चालिसे र जिल्ला न्यायाधिस न्यायाधीश बानियाँ विरुद्ध पनि   मुद्धा दायर 

काठमाडौ फागुन १ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनाविरुद्ध जनही सात करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो मागदाबी  आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट कार्यमा संल्ग्न रअ‍ेका
रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, नायब सुब्बा धिरजकुमार थापा त्यस्तैगरि मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर तथा सवारीधनी धनबहादुर तामाङ, आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा भन्सार अधिकृतको मिलेमतोमा उनीहरुले थाइल्याण्डमा निर्मित दुई हजार १६० जोडी महिलाले लगाउने जुत्ताको उत्पत्ति मुलुक चीन देखाई उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरिएकामा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

यसैवीच आयोगले अदालतमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ५ लाख घुस लिएको आरोपमा जिल्ला अदालत बबरमहलका फाँट नं २६ मा कार्यरत नायब सुब्बा भोलानाथ चालिसेविरुद्ध पनि आजै विशेष अदालतमा मुद्धा दायर गरेको छ । आयोगका अनुसार जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गराइदिने भन्दै निज नासु चालिसेले सेवाग्राहीसँग घुस मागेका आयोगले जनाउँदै न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा घुस लिएको नासु चालिसेले बयान दिएकाले अनुसन्धानका सिलसिलामा प्राप्त प्रमाणसहित न्यायाधीशको हकमा अनुसन्धान गर्न न्याय परिषदमा लेखी पठाइएको प्रवक्ता रामेश्वर दङ्गालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस्तैगरि प्रहरी चौकी औरही, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीले नेपाल भारत सिमा बजारबाट घरमा प्रयोग गर्ने ईलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज गराइ दिने भनि विभिन्न बहानामा सेवाग्राहीसँग दश हजार लिदै गरेको अवस्थामा पक्राय गर्दा फरार भएका तेलीलाइ आज पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगको विज्ञप्तिमा उल्लेखभएअनुसार मंगलवार निज प्रसनी तेलीलाइ नियन्त्रणमा लिने क्रममा स्थानिय व्यक्तीहरूको उत्तेजित भिडले भगाए पनि आज आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान कार्य सुरु गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।