मङ्लबार, बैशाख ४, २०८१

कोरियाको नेमसोल बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच छात्रवृत्ति सम्झौता

काठमाडौं फागुन १, सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली बिद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल बिश्वबिद्यालयले छात्रवृत्ति दिने भएको छ ।

यसका लागि बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा एक कार्यक्रमवीच सम्झौतापत्रमा हस्ताक्षर भएको भएको छ । सम्झौतापत्रमा बिश्वबिद्यालयले नेपाली जेहेन्दार बिद्यार्थीलाई मास्टर्स वा पिएचडि डिग्री हासील गर्न पत्रकार मञ्चले शिफारिस गर्नेछ । मञ्चले गरेको शिफारिसका आधारमा बिश्वबिद्यालयले छात्रबृत्ति उपलब्ध गराउनुको अलावा आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदान प्रदान गर्ने र पत्रकारहरुलाई अन्तरराष्ट्रिय रिपोटिङ्मा अभ्यस्त गराउन अबलोकन भ्रमण लगायतका बुँदाहरु उल्लेख गरिएको छ । बिश्वविद्यालयकातर्फबाट अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चकोतर्फबाट अध्यक्ष युवराज भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षरपछि बोल्दै बिश्वबिद्यालयकी प्राध्यापक युन सिल किमले  नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोबिज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गर्दै यस प्रकारको काममा पत्रकार मञ्चको अगुवाई हुने कुरामा आफू बिश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा धारणा राख्ने क्रममा नेपाली मुलकी प्राध्यापक सृजना थापाले पत्रकारहरुलाई शैक्षिक र व्यवसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा मञ्चका अध्यक्ष युवराज बिद्रोहीले  सम्झौता हुनु अघि नै मञ्चले शिफारिस गरेको १ जना बिद्यार्थीलाई बिश्वबिद्यालयले छात्रवृत्ति दिएकोमा प्रशंशा गर्दै आउँदा दिनमा पढ्न चाहना हुने तर आर्थिक अभावले अन्तरराष्ट्रिय बिश्वबिद्यालयको कल्पना पनि गर्न नसकेका बिद्यार्थीलाई शुन्य लगानीमा कोरियामा पढ्न शिफारिस गरिने जानकारी दिनुभयो ।

मञ्चको अन्तरराष्ट्रिय सम्बन्ध व्युरोका प्रमुख चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम सहित यसअघि अमेरिकामा शाखा गठन भइसकेको छ भने क्यानडा, पोर्चुगल र इङ्ल्याण्डमा आगामी ३ महिनाभित्र शाखा गठन हुनेजानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।