मङ्लबार, बैशाख १८, २०८१

विवाह पञ्चमी पर्वको जन्ती बन्दै यूपीका मुख्यमन्त्री आदित्यनाथ जनकपुरमा, रंगभूमि मैदानमा आयोजित कार्यक्रमलाई विशेष सम्बोधन गर्ने

काठमाडौं मंसिर २६, विवाह पञ्चमी पर्व अन्र्तगत राम जानकी विावका लागि अयोध्याबाट आएको जन्तीमा  गाेरक्ष पीठाधश्वर  एवम् उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेको हाम्रा सहकर्मीले जनाएका छन ।  मुख्यमन्त्री योगी आफ्नो निजी विमानबाट आजबिहान १० बजेर ३० मिनेटको समयमा जनकपुर विमानस्थलमा अवतरण भएको जनाउँदै उहाँलाइ नेपाल सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुले स्वागत गरेको बताईएको छ ।

मुख्यमन्त्री योगी जनकपुर आउाने पस्र्व निर्धारित कायक्रम सार्वजनिक भएसंगै सरकारले जनकपुरमा उहाँको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुको अलावा सरसफाइ समेत विशेष किसिमले गरेको छ ।

त्यस्तै योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम पनि गरिसकेलगत्तै उहाँ भेटघाटमा व्यस्त रहेको र उहाँको सम्मानमा आयोजित दिवा भोज पछि दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको । सम्बोधन लगत्तै उहाँआजै अपरान्ह उत्तर प्रदेश फर्कर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।