शुक्रबार, बैशाख ७, २०८१

हाम्रो काठमाडौं, हामी बनाउँछौं” भन्दै  महानगरद्दारा स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५”  को गर्यो सुभारम्भ 

काठमाडौं मंसिर २६ “हाम्रो काठमाडौं, हामी बनाउँछौं” भने नारा सहित विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” कार्यक्रम शुरु गरेको छ ।  महानगरले राजधानीमा आज आयोजित एक कार्यक्रमकावीच स्मार्ट सहरी प्रविधि प्रतिस्पधा मार्फत समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन ४ क्षेत्र प्रतिस्पर्धाका मुख्य विषय बनाउँदै अवसरको अभावका बिकल्प सोचेर बसिरहेका युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउन उद्यमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्मका रुपमा कार्यक्रम शुरु गरेको जनाएको छ ।

त्यस्तै प्रस्तुत कार्यक्रमको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले च्यालेन्ज डट ओआरजि” वेभपेज समेत सार्वजनिक गर्दै हामीले अधिकांश समय स्मार्ट शव्दको प्रयोग गरिरहेका हुन्छौं । यो शव्द सहर बनाउने कुरामा मात्र होइन, व्यक्ति—व्यक्तिमा पनि स्मार्टनेसको कुरा आउँछ । धेरै समयको तयारी पछि सहरी समस्याको समाधान खोज्न सहरी योजना आयोगमार्फत नयाँ सोचको खुल्ला छलफल गर्ने थलो बनाएका छौं । यसले विकासमा सहभागिता, साझेदारिता बढाउँछ र प्राप्त उपलब्धीमा दायित्व बोध गराउँछ । प्रमुख शाक्यले — सहरी समस्या समाधानमा यसो गर्न पाए हुन्थ्यो वा म त्यो ठाउँमा पुगेको भए यसो गर्थें भनेर सोच्नेहरुलाई सोच लिएर आउन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — महानगरको कार्यक्रमले युवाहरुलाई देशमै केही हुन थाल्यो भन्ने सन्देश सञ्चार हुने विश्वाश व्यक्त गर्दै हामी जिम्मेबार भएर काम गर्न खोजिरहेका छौं, र हाम्रो काममा सहभागी हुन चाहने सबैलाई खुल्ला आमन्त्रण गर्दछौं उहाँले भने ।

प्रस्तुत प्रतिस्पर्धामा सहभागी हुन नेपाली नागरिक हुनुपर्छ, ऊ स्वदेश वा विदेश जहाँबाट भए पनि भाग लिन पाउँने जानकारी दिदै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सरकारी तहबाट यो पहिलो प्रयास भएको उल्लेख गर्नुभयो ।

त्यस्तै महानगरको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले भने यस प्रकारका प्रतिस्पर्धाहरु निजी क्षेत्रबाट हुने गरेको जानकारी दिदै बिदेशमा पनि यस्ता कार्यक्रम आयोजना हुन्छन् । तर हामी बिदेशी ढाँचाको होइन नेपाली समाज, यहाँको भूगोल र आवश्यकता अनुसारका सोच चाहन्छौं भन्दै प्रस्तुत प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको बताए ।

प्रतिस्पर्धाको शुरुवात्मा एउटै समूहले धेरै सोच दर्ता गर्न सक्छन् । पछि एउट समूहको दुई वा त्योभन्दा धेरै सोच छनौटमा परे भने उनीहरुले अन्त्यमा एउटा मात्र सोच रोज्नुपर्छ । ले जानकारी दिनुभयो । यस प्रतिस्पर्धामा इनोभेसन्ससँगै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।

 यस्तो छ प्रतिस्पर्धाका चरण  र पुरस्कार :
प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । महानगरले प्रतिस्पर्धाबाट यसप्रकारका प्रतिफलको अपेक्षा गरेको छ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ ।  प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको मापदण्ड अनुसार मुल्यांकन गरी कुल अंकमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछ ।

पहिलो चरणमा कम्तीमा १०० वटा नविन सोच भएका युवाहरुको समूहहरुलाई छनौट गरि बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । उनीहरुलाई प्रदान गरिने विशिष्ट प्रकारको तालिमबाट सोचमा निखार ल्याइनेछ । सोच आउँदो पुष ३० गतेभित्र वेभपेजमार्फत दर्ता भइसक्नुपर्नेछ । यो प्रतिस्पर्धा ६ महिना लामो हुनेछ । उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।