मङ्लबार, बैशाख १८, २०८१

सिक्टा सिँचाइ आयोजनाको ठेक्का सम्झौता रद्द, पप्पु कन्स्ट्रक्सनको रु नौ करोड ९० लाख बैक धरौटी जफत  

काठमाडौं मंसिर १२ ,  सन् २००७ मा भारत सरकारको सहयोगमा बन्ने भनेको हुलाकी राजमार्गले आज सम्म पनि पूर्णता पाउँन सकेको छैन यसअघि सन् २०१० मा भारत सरकारको तर्फबाट नियुक्त ठेकेदारले पाँच वर्षमा पाँच प्रतिशत पनि काम नगरि फरार भएसंगै अलपत्र अवस्थामा रहेको राजमार्गको अवस्थालाइ दृष्टिगत गर्दै नेपाल सरकारले आफ्नै पहलमा बनाउँनका लागि प्रक्रियागत  रुपमा पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनसंग सम्झौता गरेपनि  ठेक्का  पाएका ठेकेदारको  लापरिवाहीका  कारण  उक्त राजमार्ग  निर्माण कार्य सम्पन्न्  हुन नसकेको  हो  ।

पछिल्लोसमय सङ्घीय समाजवादी फोरमको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पप्पु कन्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण सहित १२ जनाविरुद्ध हुलाकी सडक सहित ३१ वटा पुल बनाउन ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको पुल  समयमा निर्माण गर्न नसकेको  त्यस्तै  एकाध पुल निर्माण भएपनि ठेक्का सम्झौतमा उल्लेख भएको शर्त पालना  नगरेी रजगज मच्चाँउदै व्यापक  भ्रष्टाचार गरेको अभियोगमाअख्तियारले पप्पु कन्स्ट्रक्सन उपर मिति २०७५ असोज १९ मा सङ्घीय समाजवादी फोरमको तर्फबाट  निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पप्पु कन्ट्रक्सनका तत्कालीनअध्यक्ष हरिनारायण सहित १२ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेसंगै हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिनुको अलावा  सडक निर्माणको काम रोकिएको थियो ।

त्यस्तै राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रु ९८ करोड ८१ लाखको ठेक्का सम्झौता रहेको सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माण कार्यको अवस्था पनि विजोग रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । तर यसपटक आयोजनाको तर्फबाट प्रस्तावित निर्माण कार्य समयमा सम्पन्न नभएको भन्दै ठेक्का सम्झौता रद्द गर्नुको अलावा पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको रु नौ करोड ९० लाख सरकारले जफत गर्ने तयारी गरेको समाचारमा उल्लेख  गरिएको छ । स्मरण रहोस, सिक्टा सिँचाइ आयोजनाका अनुसार डुडुवा शाखा नहर निर्माणका लागि पप्पुले रु आठ करोड ३७ लाख पेश्की लिइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।