शनिबार, बैशाख ८, २०८१

पत्रकार चन्दलाइ विनाशर्त तत्काल रिहा गर्न माग

काठमाडौं मंसिर १२ , नेपाल पत्रकार महासंघले समाचार लेखेको अधारमा पोष्टपार्टी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको ठहर गर्दै छ । प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारबाही गर्ने प्रेस काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र विभिन्न कानुनअन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगतलाई हतोत्सायी बनाएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा महासंघ यस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य तत्काल बन्द गर्न र पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ ।

यसैवीच पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले समेत यो वा त्यो नाममा पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यले व्यापकता पाउँन थालेकोमा आपत्ति  प्रकट गर्दै त्यस्ता कार्य नर्गन र पत्रकार चन्दलाइ विनाशर्त तत्काल रिहा गर्न माग गरेको छ ।  साथै आमसञ्चारकर्मीहरुलाई समाचार संप्रेषण गर्दा सत्यतथ्य र निष्पक्षतामा ध्यान दिन र पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्न आहृवान समेत गरेको गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।