मङ्लबार, बैशाख १८, २०८१

तीन जना विचौलिया पक्राउ

 काठमाडौ कार्तिक ३०,  नेपाल प्रहरीले राजधानीको सोल्टीमोडस्थित श्रम कार्यालयमा श्रम स्वीकृति लिने क्रममा सेवाग्राहीलाई दुःख दिने ३ जना विचौलिया आज पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेको जनाउँदै प्रहरीले पक्राउ परेका ति अभियुक्तहरुले विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको जनाउँदै अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।