शुक्रबार, चैत्र १६, २०८०

महासङ्घद्वारा भत्र्सना

काठमाडौ कार्तिक ३०,  कात्तिक नेपाल पत्रकार महासङ्घले महासंघले सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम देवकोटालाई यातायात व्यवसायी राजु चन्दले आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी विज्ञप्तिमा कात्तिक २९ गते साँझ परिवारसहित काठमाडौ जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन, मुढामा बसेर जाने भन्दै यातायात व्यवसायी चन्दले आक्रमण गरेका उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आक्रमणबाट पत्रकार देवकोटाको टाउको र आँखामा चोट लागेको उल्लेख गर्दै कुनै पनि बहानामा पत्रकारमाथि आक्रमण गरिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताउँदै प्रेसविरोधी यस्ता घटनाको कडा भत्र्सना गरेको छ । साथै आक्रमणमा संलग्नमाथि कानूनी कारवाही गरी प्रेसलाई स्वतन्त्र र निर्धक्करूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।