काठमाडौं असोज ३०, नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्। एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक-पटक प्रतिवद्धता जनाएको सरकारले बल्ल श्रीपेचलाई सार्वजनिक गरेको हो। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच राखिएको छ। संग्रहालय जानेले अबदेखि श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, सुनको कलश, ढाल, चम्मरजस्ता महत्वपूर्ण र ऐतिहासिक सामग्री हेर्न पाउने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।
२०६२/६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन राजा ज्ञानेन्द्रले राजदरबार छाडेलगत्तै नारायणहिटी राजदरबार संग्रहालयमा परिणत गरी सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको थियो। प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले २०६५ फागुन १५ गते संग्राहलय उद्घाटन गरेका थिए।
नेपाल गणतन्त्रात्मक राज्य घोषणा भएलगत्तै २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा गरेका थिए। सोही वर्षको फागुन १५ गतेदेखि दरबारका १९ कक्ष खुला गरिएका थिए। तर त्यो बेला श्रीपेच, राजदण्ड लगायतका १२ महत्वपूर्ण सामग्री भने सर्वसाधारणका लागि खुला गरिएका थिएनन्। यी सामग्री सुरक्षित र व्यवस्थित ढंगले सर्वसाधारणका लागि खुला गराउन विभागका महानिर्देशक दाहालको संयोजकत्वमा संस्कृति मन्त्रालयले समिति गठन गरेको थियो।
के छ श्रीपेचमा ? श्रीपेच हीरा, मोती, माणिक, पन्ना, नवरत्न र सुनजस्ता बुहुमुल्य सामग्री जडित छ। पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार श्रीपेचमा सात सय ३० दाना हीरा, दुई हजार तीन सय ७२ मोती, २७ पन्ना र १६ वटा माणिक जडिएका छन्। श्रीपेचको पछिल्तिर झुन्डिएको कल्ली ‘बर्ड अफ प्याराडाइज’ नामको चराको पुच्छर हो। राजदण्ड र चमरमा सुन छ। तत्कालीन राजा ज्ञानेन्द्रले अन्तिम राजाका रुपमा श्रीपेच लगाएका थिए।
समितिले गत असोजभित्रै श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझाव सहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो। तर पनि प्रदर्शन हुन सकेको थिएन। सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरेको थियो। यसअघिजस्तै पुनः सुरक्षाको कारण देखाउँदै श्रीपेच सर्वसाधारणका लागि राखिएको थिएन। गणतन्त्र घोषणा गरे पछि नारायणहिटी छाड्नुअघि ज्ञानेन्द्रले श्रीपेच र राजदण्ड लैजाने तयारी गरेका थिए तर सरकारले अनुमति नदिएपछि दरबारको शैलुन कक्षको बाकसमै राखेको थियो।अन्नपूर्णपोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान