मङ्लबार, बैशाख १८, २०८१

यस्तो छ नेपाल प्रहरीको पर्व विशेष सुरक्षा योजना

 काठमाडौ असोज १४,  आसन्न वडा दशै दिपालवली र छठ पर्वको क्रममा हुन सक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती लगायत यावत चोरी एवम् आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्दै शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने लक्ष्य सहित नेपाल प्रहरी महानगरीय प्रहरी परिसर काठमाडौले सुरक्षा योजना सार्वजनिक गरेको छ ।

पसिरका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले आसन्न चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै यसको लागि तीन हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको जानकारी दिनु भएको छ ।

साथै परिचालित प्रहरी मुलत व्यापारिक कारोवार हुने स्थान राजधानी प्रवेश गर्ने नाका, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, आपराधिक गतिविधि हुने स्थान लगायतका क्षेत्रमा परिचालित हुने जानकारी दिनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।