मङ्लबार, बैशाख १८, २०८१

विपन्न परिवारका २० जना युवालाई कम्प्युटर तालिम

 काठमाडौं भाद्र २६, चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित गुडविल फाउन्डेशनको सहकार्य र नेपाल स्थिति सामाजिक रुपान्तरण नेपालको आयोजनामा भक्तपुर क्षेत्रका गरिब र विपन्न परिवारका २० जना युवालाई प्रदान गरिएको छ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ ।

भक्तपुरको लोकन्थलीमा आयोजित सो कम्प्युटर कक्षाको समापन कार्यक्रमsf प्रमुख अतिथि नेकपाका नेतृ पम्फा भुसालले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै कम्प्युटर तालिम कक्षा आफैमा उपलब्धिपूर्ण भएको बताइन् । साथै उहाँले तालिमले नेपाली युवाहरुलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्ने विस्वास व्यक्त गर्दै सिपमूलक तालिम कार्यक्रमको आयोजनाका लागि चिनिया संस्थालाई धन्यवाद समेत दिइन ।

गुडविल फाउन्डेशनका प्रमुख मा चिच्यानले कम्प्युटर कक्षामा सहभागी २० जनामध्ये आधाले यसअघि नै विभिन्न क्षेत्रमा रोजगारी पाइसकेको जानकारी गराए । उनले भने, ‘नेपाली युवाहरुले पाएको यो ज्ञान र सीप नेपाली बजारकोलागि उपयोगी हुनेछ ।’ यो आफ्नो संस्थाको पहिलो प्रयास भएको भन्दै चिच्यानले आगामी दिनमा अझ उत्कृष्ट कम्प्युटर कक्षाहरु सञ्चालन गर्ने पनि जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल स्थित चिनिया राजदुताबासका काउन्सिलर लि चुन चाओले तालिम प्राप्त नेपाली युवाहरुले अब नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा पुलको काम गर्ने उल्लेख गरे ।

तालिम लिएका युवामध्ये उत्कृष्ट दुई जनालाई नेपाल–चीन कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनकोतर्फबाट एकरएक वटा ल्यापटप पनि उपहारस्वरुप प्रदान गरिएको थियो । यसरी उपहार पाउनेमध्येकि एक श्वेता भुजेलले तालिमबाट नयाँ कुरा सिक्न पाएको बताइन् । उनले भनिन्, ‘हामीले कम्प्युटरको ज्ञान मात्रै नलिएर मल्टिमिडिया र पब्लिक स्पिकिङको ज्ञान पनि लिन पाएका बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।