शुक्रबार, चैत्र १६, २०८०

कात्तिक दोस्रो साताको लागि नेविसंघ महाधिवेशनको मिति तय (कार्यतालिका सहित)

 काठमाडौं भाद्र २६, नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने भएको छ । संघको सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर हद हटाउने प्रस्ताव सहित महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गर्नुको अलावा विधान अन्मोदनका लागि पार्टी कार्यालयमा दर्ता गराउने निर्णय गरेको छ ।

स्मरण रहोस नेपाली काग्रेस केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ ।  त्यस्तै संघले महाधिवेशनका लागि अधिवेशनको कार्यतालिका बनाएको छ भने महाधिवेशन तयारीका लागि आवश्यक समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

यस्तो छ अधिवेशन तालिका

असोज ७ देशैभरका माबी र क्याम्पस अधिवेशन ।
असोज १२ गाउँपालिका, उप–महारनगरपालिका अधिबेशन
असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन
असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन
असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन
कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।
कात्तिक १६ गते महाधिवेशन उद्घाटन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।