मङ्लबार, बैशाख १८, २०८१

पार्टी नेतृत्वका कारण पार्टी र भ्रातृ संस्थामा अराजकता सिर्जना भएको नेताहरुको जिकिर

 काठमाडौ जेठ २८,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघ काठमाडौँले आज आयोजना गरेको ‘अबको काँग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीलाइ सम्बोधन गर्दै पार्टी नेतृत्वले सवैलाइ समेट्न नसक्दा पार्टी भित्र अहिले बेथिती सिर्जना हुँदै गएको बताउनुभएको छ ।  त्यस्तै उहाँले सत्तारुढ दल काँग्रेस सिध्याउने खेलमा लागेको अवस्थालाइ दृष्टिगत गर्दै बेलैमा सचेत हुनु जरुरी रहेको जिकिर गर्नु भएको छ ।

 त्यस्तै गोष्ठिलाइ सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी नेतृत्वको रवैयाका कारण पार्टी भित्रमात्र नभएर भ्रातृ संस्थामा समेत अराजकता सिर्जना भएको भन्दै तत्काल पार्टी नेतृत्व सच्चिनुपर्नेमा जोड दिनु भएको छ । त्यसैगरि काँग्रेस नेता कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले पनि पार्टीको सांगठनिक संरचना परिवर्तनको विकल्प नभएको जिकिर गर्दै काँग्रेसलाई पहिलो बनाउने दृढ संकल्प बनाएर अगाडि बढ्नु जरुरी रहेको बताउँनु भएको छ ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी , गगन थापा ,प्रदीप पौडेल संगै नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतका वक्ताले आफ्नो अभिमत प्रस्तुत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।