बिहिबार, चैत्र १५, २०८०

लौ यस्तो पनी : सरकारको आलोचना गर्ने कर्मचारीलाई कारवाही

काठमाडौं जेठ २९,  नेपाल सरकारको तलव, भत्ता सहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागीय कारवाही गरिने भएको छ । काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो ।

सो अनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहड्ताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउने सम्मको सुझाव प्रधानमन्त्रीसमक्ष दिइएको छ ।  कर्मचारी प्रशासनमा सुधार ल्याउन समितिले दिएको सुझाव अध्ययन गरी नयाँ कानुन निर्माण गर्ने, भएका कानुनमा संशोधन गर्नेजस्ता कार्य गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । –नागरिक दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।