शुक्रबार, चैत्र १६, २०८०

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने बोगटी र लामा पुर्पक्षका लागि कारागार चलान

  भक्तपुर जेठ २८,  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको  ज्यान मार्ने लक्ष्य सहित आक्रमण गर्ने दुई अभियुक्तलाई आज भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । नेत्रविक्रम चन्द समुहका कुशल बोगटी र सविन लामालाई  भक्तपुर जिल्ला अदालतका न्यायाधीशद्दय भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरेको हो ।

 गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित नगरपालिकाका प्रमुख श्रेष्ठको आफ्नै निवासमा पुगेर आक्रमण गरी घाइते बनाएको अभियोगमा
लामा र वोगटी मध्ये आक्रमणका मुख्य योजनाकार बोगटीलाइ प्रहरीले गतजेठ १ गते पक्राउ गरि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएसंगै अदालतमा उपस्थित गराउँने क्रममा निजहरुलाइ पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।