भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख
काठमाडौं बैशाख २६, भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ । तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ ।
चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ ।
भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भूटानी नागरिकलाई चीन, हङकङ, मकाउ, मालदिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ । यी देशबाट भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख छ । तर पछिल्लो निर्णयबारे भारतको अध्यागमन व्युरोले आधिकारिकरुपमा सूचना सार्वजनिक गरेको छैन भने नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन ।
‘हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ’ परराष्ट्रमन्त्रालयका प्रबक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने । उनका अनुसार तेस्रो देशबाट नेपाल आउन वा नेपाल भएर भारत जाने भारतीय नागरिकले नेपाली प्रवेशाज्ञा लिने व्यवस्था छैन ।
गृहमन्त्रालयका एक अधिकारीका अनुसार हङकङ,मकाउ, मालदिभ्सबाट भारत भएर फर्किँदा नेपालीलाई भ��सा जरुरी थिएन । ‘भारतले हाम्रा नागरिकलाई यस्तो व्यवहार गर्छ भने हामीले पनि यसबारे सोच्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘उसले निःशुल्क भिसा दिओस् कि पैसा लिओस् भन्ने कुराले अर्थ लाग्दैन, समान व्यवहार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
भारतीय अधिकारीले भने सुरक्षाजन्य कारणले यस्तो नियम लागू भएको तर नेपालीलाई प्रवेशाज्ञामा समस्या नहुने बताए । ‘नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र छ, तर हामीले नेपालीहरुलाई अप्ठेरोमा पार्न होइन, हाम्रै केही आवश्यकताका कारण यस्तो नियम लागू गरेका हौँ, यसबाट नेपाल र भारतबीचको सम्बन्धमा फरक पर्दैन’ भारतीय विदेश मन्त्रालयका एक अधिकारीले दिल्लीबाट टेलिफोनमा भने । नयाँपत्रिकाबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान