मङ्लबार, बैशाख १८, २०८१

थोकर फिल्मर्स द्वारा सगरमाथा आरोहण गर्न लागेकी तामाङ्गलाई १५ लाख सहयोग

भक्तपुर चैत २६,  थोकर फिल्मस् प्रा.लि.ले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तानलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।   रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रा.लि.का प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्गलाई १५ लाख ५ हजार १ सय ५३ रुपैयाँ रकम प्रदान सहयोग गरेका हुन् ।

प्रा.लि.ले सगरमाथा आरोहणका लागि आवश्यक पर्ने रकम संकलन जुटाउनका लागि तीन महिने अभियान नै सञ्चालन गरेको प्रोपाईटर थोकरले बताए ।

आरोहण सहयोगका लागि देश विदेशमा रहेका सबै सहयोगी हातहरुलाई फिल्मस् प्रा.लि.ले धन्यवाद समेत दिएको छ । थोकर फिल्मस् प्रा.लि.ले यसअघि नै विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्दै आइरहेको छ । तामाङ्गले आजबाट सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।