शुक्रबार, बैशाख १४, २०८१

काष्ठमण्डप पुनःनिर्माणको सवालमा समुदायको भूमिकालाइ उपेक्षा गरिए जुनसुकै कदम चाल्ने अभियानको चेतावनी

पुनःनिर्माणको सवालमा सरकार दिनानुदिन उदासीन रहेको आरोप  

 काठमाडौं चैत २६ , ०७२ को महाविनासकारी भूकम्पका कारण कारण निमेषभरमै भग्नावशेषमा रुपान्तरण भएको मुलुकको ऐतिहासिक तथा गौरवको आधारस्तम्भका रुपमा रहेको काष्ठमण्डपलगायतका महत्वपूर्ण सम्पदाको पुनःनिर्माणको सवालमा दिनानुदिन सरकार उदासीन रहेको आरोप लगाईएको छ ।

विश्वसम्पदा सूचीमा समाविष्टमुलुकको प्राचिन संरचनामध्येको एक प्रमुख संरचनाका रुपमा रहेको काष्ठमण्डपको पुर्ननिर्माण जनस्तरबाटै विश्वसम्पदा संरक्षण मापदण्ड अनुरुप हुनु पर्ने निचोड सहित राज्यका रोकारवाला निकाय संगको छलफल पछि भएको नितिगत निर्णय अनुरुप भए पनि खासै कुनै ठोस उपलब्धि हनु सकेको छनैन ।

यसैक्रममा पुर्ननिर्माणका लागि भन्दै पुराना काँग्रेसका नेता विरेन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा मिति २०७३ चैत ३१मा संघ संस्था दर्ता एने २०३४ अनुरुप दर्ता गरिएको काष्ठमण्डपको पुर्ननिर्माणको लागि अभियान नामक संस्थाले पहलकदमी लिने तयारी गर्दा पनि पछिल्लो समय काठमाडौं महानगरपालिको तर्फबाट अभियानको कार्यसम्पादनको रोक लगाउँदै गरिएको हस्तक्षेपका कारण क्षतिग्रस्त भएको ऐतिहासिक,मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्यमा कुनै भौतिक प्रगति हुन नसकेको बताईएको छ ।

अभियानद्दारा जारी विज्ञप्तिमा ७औ शताब्दीमा निर्मित काष्ठमण्डपको जनस्तरबाटै पुनः निर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा पुनः निर्माण गर्न सक्षम रहेको जनाउ दिदै यथा शीध्र पुर्ननिर्माणको थालनी हुनपर्नेमा जोड दिनुको अलावा यसको अगुवाइ लिन तयार रहेको जनाउ सहित पुनः निर्माण कायए किमार्थ ठेक्कापटटामा हुन दिने र गर्न नदिइने जिकिर गरिएको छ । त्यस्तैगरि महानगरपालिकाले समुदायको भस्मिकालाइ उपेक्षा गरिए जुनसुकै कदम चाल्न पनि पछि नर्पर्ने चेतावनी दिईएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।