मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रियसभा सदस्य मनोनयनमा काँग्रेसको आपत्ती, तरुणदलले राष्ट्रपतिलाइ ध्यानाकर्षण गराउने

राष्ट्रपतिजस्तो संस्थाले सरकार प्रमुख र र सरकारलाई फरक चस्माले हेर्ने काम भयो : प्रवक्ता शर्मा

काठमाडौं फागुन ९,  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा ३ जनाको मनोनयन गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयकाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खन्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा , रामनारायण बिँडारी र डा विमला पौडेललाई मंगलबार मनोनयन गरेकी हुन् ।  मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिइ नयाँ नाम सिफारिस गरेलगत्तै उहाँहरुको मनोनयन गरिएको हो ।

यसैवीच नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि शेरबहादुर देउवा सरकारको सिफारिस ‘लत्याएको’ भन्दै आपत्ति जनाएको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रपतिजस्तो संस्थाले सरकार प्रमुख र र सरकारलाई फरक चस्माले हेरेकोमा गुनासो गर्दै सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँएका छन ।  साथै आज राष्ट्रिय सभा सदस्य मनोनित प्रकरणमा अपरान्ह ठिक २ः४५ बजे नेपाल तरुणदल काठमाडौंको अगुवाइमा राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाउने भएको छ दलका अध्यक्ष कृष्ण जी खड्काले जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।