शुक्रबार, बैशाख ७, २०८१

ने.क.पा.का अध्यक्ष कट्टेलले भने- उनीहरुले यो नाम राखे मुद्दा हाल्छु

काठमाडौं फागुन ९ , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे ।   त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु ।

यसैक्रममा नयाँ पत्रिका दैनिकमा आज प्रकाशित कट्टेलको भनाई यहाँ  जस्ताको तस्तै :- उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।  हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो रु तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031