मङ्लबार, बैशाख १८, २०८१

महानगरको वडा न. १५, ३ र १६ मा कोभिड संक्रमितको सख्या बढ्दो, समग्रमा महानगरभित्र ३१ जनाको मृत्यु

काठमाडौं भाद्र २८,

पछिल्लो समय उपत्यकामा कोभिड -१९ का संक्रमितको रफ्तार उलेख्य रुपमपा बढ्यो पाईएको छ । काठमाडौं उपत्यका अन्र्तगत  काठमाडौं महानगरपालिकामा मात्र कोभिड सङ्क्रमितको सङ्ख्या ४ हजार ८८६ नाघेको अवस्था छ । तथापी सङ्क्रमित भएका मध्ये १ हजार २६२ जना निको भएका छन् भने ३ हजार १६८ जना उपचार प्रक्रियामा रहेको महानगरले जनाएको छ ।

काठमाडौं महानगर जनस्वास्थ्य महाशाखाले प्राप्त पछिल्लो डेटाअनुसार ४सय ७१ जना स।क्रमितको अस्पतालमा उपचार भइरहेको र १ हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा रहेको जनाएको छ । यसवीचमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य समेत कोभिड संक्रमित हुँदै आशोलेशनमा रहको अवस्था छ ।

त्यस्तै काठमाडौं महानगरको ३२ वटै वडा मध्ये वडा न वडा २७ मा ४ जना संक्रमितको मृत्यु भएको छ भने वडा न ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा क्रमस १ सयभन्दा बढी सङ्क्रमित रहेको थाहा भएको छ ।

साथै वडा न ३ र वडा १५ र वडा न १६ क्रमस ३१५ जनामा ४६९ जनामा र ३६६,जनामा सङ्क्रमण देखिएको छ । समग्रमा महानगरका विभिन्न वडामा गरि ३१ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी महानगरमा बढ्दो संक्रमितको अवस्थालाइ दृष्टिगत गर्दै महानगरले परीक्षणको दायरा बढाउनुको अलावा प्रत्येक वडामा स्वास्थ्यकर्मीसहित स्वयम सेवक परिचालन गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।