बिहिबार, बैशाख १३, २०८१

महानगर उपभोक्ता हित संरक्षण समितिको बजार अनुगमन: अयोग्य खाद्य सामाग्रीको विगविगी

काठमाडौं भाद्र २८,
काठमाडौंका अधिकांश खाद्य स्टोरमा अयोग्य खाद्य सामाग्रीको विगविगी चुलिएको चर्चा संगै काठमाडौं महानगरको महानगरको उपभोक्ता हित संरक्षण समितिले आज बजार अनुगमन गरेको छ । अनुगमनको क्रमममा बजारमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान राख्न छुट्टै ठाउँ नभेटिनु त्यस्तै दालका रुपमा प्रयोग गरिने कतिपय दाल गेडागुडी, काजु, किसमिस, छोकडा लगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो? उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख नहुनुले उपभोक्ताको थप जटिलता सिर्जना गरेको छ ।

त्यस्तै चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या रहेको जनाउदै समितिले यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको नपाइएको जनाएको छ । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने देखियो । त्यसमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरिएको देखिएन । भाद् २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा भेटिएको साझा समस्या भएको समितिको जनाउ रहेको छ ।

चावहिल चोककै छेउमा एउटै पसलमा दुईटा बोर्ड छन् । मजिन स्टोर र सावरिया होलसेल मार्ट । एउटा सटमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ । यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन् । भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन । भित्र अँध्यारो छ । पुतली उडिरहेका छन् । ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ ।

त्यस्तै पसलमा मूल्य सूची छैन । खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राख्नुले मानव स्वास्थ्यमा थप जटिलता सिर्जना गरेको पाईएकोछ ।
त्यस्तै जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले विना दर्ता असुरक्षित भण्डारण संगै नापतौल अद्यावधिक नगर्नु , ट््याग नभएका दाल र गेडागुडीको विक्री वितरण गर्नु जसत समस्यालाइ दृष्टिगत गर्दै अनृगमनको दायरमा आएका खाद्य पसलाइ समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।