बिहिबार, चैत्र १५, २०८०

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरोको वितण्डा : १८ घर पुरिए, १२ बेपत्ता

[फाइल फोटो ]

काठमाडौं भाद्र २८,
सिन्धुपाल्चोक जिल्लामा फेरि पहिरोको विपत्ति आएको छ । जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर गरि १८ घर पहिरोमा पुरिएका छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिनसमेत कठिन रहेको स्थानियको भनाइ छ । बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका हुन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नागपुजेमा बढी क्षति पुगेको कति भन्ने थाहा नभएको बताउनुभयो । घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको ढकालले जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले कम्तिमा १२ बेपत्ता भएको हुनसक्ने बताए । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएपछि पहिरो गएको उनको भनाइ छ । जिल्लामा गत साउन ३० गतेदेखि पटकपटक बाढीपहिरो आउँदा ठूलो मानवीय क्षति हुँदै आएको छ । यससँगै घटनाबारे स्थलगत अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे नगरपालिका ७ घुम्थाङ पुगेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।