मङ्लबार, बैशाख १८, २०८१

देशभर थप ९७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि , १ हजार ७३६ जना डिस्चार्ज, ११ को मृत्यु

कोभिड संक्रमित मध्येआइसीयूमा १७१ जना भेन्टीलेटरमा २० जनाको उपचार हुँदै

काठमाडौं भाद्र २२ ,
सोमबार देशका विभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पिसिआर परीक्षणको  पुरुष ६४१ र ३३८ जना महिला गरि क्रममा थप ९७९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४७ हजार २३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पहिचान भएक संक्रमित मध्ये काठमाडौंका २९३ जना ललितपुरका २० जना र भक्तपुरका १३ जना सहित ३२६ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।  त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७३९ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमित सख्या १६ हजार २५९ जना रहेको छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १९० जना रहेको छ भने १७१ जना आईसियू र २० जनाको भेन्टिलेटरमा उपचार भैरहेका मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको जनाउदै मन्त्रालयले गत २४ घण्टामा संक्रमणका कारण ११ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०० पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।