शुक्रबार, चैत्र १६, २०८०

कोभिड सङ्क्रमणबारे भ्रम फैलाउँदै सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने लिम्बु पक्राउ

काठमाडौ भाद्र २२,
अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने  अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने अन्तिम विकल्प प्रालिका” संचालकलाइ महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।   यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा प्राकृतिक चिकित्सक भएको बताउने तेह्थुमका ५१ वर्षिया सुवास लिम्बूलाई आज ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेका लिम्बुलेकोभिड सङ्क्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अङ्ग निकालेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेको भन्ने जस्ता अभिव्यक्तिसमेत दिदै सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोभिड सङ्क्रमणबारे भ्रम फैलाउने तथा विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिँदै आएको बताउनुभयो ।

त्यस्तै पक्राउ परेका लिम्बु उपर थप अनुसन्धान गरी कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाईएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।