मङ्लबार, बैशाख १८, २०८१

समुदायस्तरमा संक्रमण देखिएसंगै नेपालगन्जमा ३ दिनसम्मका लागि निषेधाज्ञा जारी

काठमाडौं साउन १५ ,

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र नेपालगञ्जको आज बसेको बैठकले समुदायस्तरमा कोभिड संक्रमण देखिन थालेसंगै नेपालगन्जमा ३ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बाँकेमा आज पहिचान भएको २ सय ७४ जना कोभिड सङ्क्रमितमध्ये थप २७ जनामा संक्रमण देखिएको उल्लेख गर्दै पछिल्लो समयमा स्थानीय स्तरमा सुमदायमा संक्रमण फैलिएको डहर गरिएको हो ।

जिप्रका बाँकेका अनुसार शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।

त्यस्तै जारी सूचनामा अत्याआवश्यक सेवा अन्र्तगत पहिचान गरिएका स्वास्थ्य सुरक्षा विद्युत, दुरसञ्चार, खानेपानी, दुध, फोहर मैला व्यवस्थापन, इन्धन ढुवानी, खाद्यान्न लगायतका आवश्किय सेवा वाहेकका बाँकी सवै सेवा सञ्चालन गर्न रोक लगाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।