शुक्रबार, बैशाख १४, २०८१

सुर्यविनायक नगरपालिकाको दागाचामा धां बाजा प्रशिक्षण

भक्तपुर साउन १५/राम चन्द्र प्रजापति

दागाचा युवा समुहका अध्यक्ष एवं धां बाजा प्रशिक्षणका संयोजक नारायण प्रसाद कवांको सभापतित्वमा धां बाजा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएकोछ ।

सुर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाको प्रमुख आतिथ्यतामा  सम्पन्न उक्त कार्यक्रममा जन्म थलो भक्तपुर नगरपालिका भएता पनि कर्म थलो सुनपा ८ दगाचा भएकोले यस क्षेत्रमा सांस्कृतिक बाजागाजा प्रशिक्षण दिनु अत्यन्तै सह्रानिय भएको बताउनु भयो।समग्रमा भक्तपुरको पर्यटन विकास समृद्धिमा बाजागाजाको महत्वपूर्ण रहेको बताए । त्यस्तै उहाँले यस क्षेत्रमा नेवा बस्ती रहेकोले वडामा भएका बासुरी , धिम्मे, धां लगाएत बाजाको ऐतिहासिक महत्वपूर्ण भुमिका रहेको र त्यसलाई व्यस्थित गर्न समय अनुसार व्यवसायिक रुपमा अगाडी बढनु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा दागाचा खानेपानीका अध्यक्ष राजाराम न्हिसुतु, पुन्यराम भेले,प्रशिक्षक श्रीभक्त काशिछ्वा,दागाचा टोलसुधार समितिका अध्यक्ष प्रेम वहादुर माक,लगाएतले धां बाजा प्रशिक्षण निरन्तर प्रशिक्षण संचालन गर्न सकोस भनी शुभकामना दिनु भएको थियो । धां बाजा प्रशिक्षण तीन महिनाको प्रशिक्षण संचलान हुने उक्त प्रशिक्षणमा प्रशिक्षार्थीहरु २५ जना सहभागी रहने आयोजक समितिका सदस्य सिताराम माकले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।