शनिबार, बैशाख १५, २०८१

थप २ सय ७४ जना सङ्क्रमितको पहिचानसंगै कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो

काठमाडौं साउन १५ ,

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा नेपालमा थप २ सय ७४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

त्यस्तै उपचार पछि डिस्चार्ज हुने कोभिड सक्रमितको सख्या २ सय २७ जना रहेको जानकारी दिदै स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो संख्या संगै डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको जनाएकोछ ।

त्यस्तै देशभर ३ लाख ६४ हजार ६ सय ४८ वटा पीसीआर परीक्षण भएको र देशभरका विभिन्न आइसोलेसनमा ५ हजार २ सय २७ संक्रमितको उपचार भैरहेको त्यस्तै देशभरका क्वारेन्टिनमा १३ हजार २ सय १ रहेको जानकारी दिनुको अलवा संक्रमणवाट बुधबार संक्रमित पर्साका ७० वर्षीय र ६८ वर्षीय पुरुष तथा मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।