मङ्लबार, बैशाख १८, २०८१

बिहीबारदेखि ४ दिनसम्म भिषण वर्षाको संभावनासंगै बाढी, डुवान र पहिरोको जोखिम

काठमाडौ असार २४,    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै असार २५ गते बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने संभावना ओल्याउदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणको विज्ञप्तिमा असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म लगातार परेको भारी वर्षाले बाढी डुवान र पहिरोको जोखिम बढाइदिएको उल्लेख गरिएको छ ।

त्यस्तै पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गर्दै शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने तथा ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई बिशेष सर्तक रहन आग्रह गरेको हो ।

त्यस्तै तराइका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा रहेको भन्दै प्राधिकरणले सचेत रहन समेत अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।