बिहिबार, चैत्र १५, २०८०

भोटेकोशी र ठाडोखोलाको भिषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु बजार तहसनहस दुइको मृत्यु , १९ वेपत्ता

काठमाडौं असार २५, गएराति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु बजार बगाएको छ। राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले धन जनको ठूलो क्षति भएको जनाउदै  प्रहरीले १९ जना बेपत्ता भएको जनाउदै  यसवीचमा   २० वर्षिय निकेश बस्नेत र उनको ३ वर्षिय छोराको शब स्थानीयले फेला पारकेो प्रहरीले जनाएको छ ।

त्यस्तै बजारमा रहेको पुल चुर्लुम्मै डुबेको जानकारीदिदै बेपत्ता भएकाहरुको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ ।त्यस्तै जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको प्रहरीको भनाइ रहेको छ । घटनास्थलमा प्रहरीको टोली परिचालन भइसकेको छ । पहिरो र बाढीको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।