शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंमा थप २३ सहित २५५ जना संक्रमितको पहिचान

काठमाडौ असार २४,  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४ हजार ६९६ जनामा गरिएको पिसीआर परीक्षणमा २५५ जना संक्रमितको पहिचान भएसंगै नेपालमा कोभिड संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला टेुकको परीक्षणमा काठमाडौंमा , पाटन हस्पिटलका गरिएको परीक्षणमा काठमाडौंका १६ जना र ललितपुरका ७ गरि उपत्यका २३ जना कोभिड संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । तर काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले सोमबार देशभर २५ हजार ४० जना क्वारेन्टाइनमा र ८ हजार ६३६ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनुको अलावा उपचार पछि आज २ सय ५३ जना डिस्चार्ज भएको जनाएकोछ । आज डिस्चार्ज भएका संक्रमितसंगे नेपालमा डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ जना पुगेको जनाएकोछ । कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।