शुक्रबार, चैत्र १६, २०८०

WHO मा जागिर लगाईदिन्छु भन्दै दर्जनौ व्यक्तिसंग रकम ठगी गर्ने पाण्डे प्रहरी हिरासतमा

काठमाडौं असार २४, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले विश्व स्वास्थ्य संगठन[डब्लुएचओ] मा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी [बर्दघाट सुस्ता पूर्व] देउचुली नगरपालिका १५ घर भइ हाल काठमाडौं तिनकुने बस्ने बिजय पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पाण्डेले चितवन भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीलाई आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको बताउदै संगठनमा जागिर लगाईदिन्छु भन्दै पटक पटक गरी बैंक खाता तथा आईएमई मार्फत १ लाख ८२ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको जाहेरीको आधारमा पाण्डेलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

त्यस्तै पाण्डे पाण्डेले काठमाडौं शंखमुलस्थित धन बहादुर बिष्टको फर्निचर पसलबाट ५० हजार चितवन भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाइ पनि विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाईदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ त्यस्तै गरि अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढा , नवलपरासी बस्ने दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङ, सरिता भण्डारी, रमा घिमिरे लगायत दर्जनौ ब्यक्तिलाई डब्लुएचओमा जागिर लगाउने लगायतका प्रलोभनमा पारी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।

त्यस्तै पाण्डेबाट ठगीमा परेको भए महानगरीय अपराध महाशाखा नयाँबानेश्वर तथा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा सम्पर्क राख्न हुन समेत महाशाखाले सूचित गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।