मङ्लबार, बैशाख १८, २०८१

देशैभर कुल  ४० हजार ४३१ कोरोना संक्रमणको परीक्षण , थप २ जना संक्रमित डिस्चार्ज, ३ नयाँ संक्रमणको पुष्टि

काठमाडौं बैशाख १० ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको मिडिया विफ्रिङ्गमा देशरभर ४० हजार ४३१ कोरोना संक्रमण परीक्षण भएको र गत २४ घण्टामा ३ हजार ७ सय ३६ नयाँ परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु भएको छ । यसमध्ये पीसीआर विधिबाट ९ हजार ११ र -यापिड टेस्ट तर्फ ३१ हजार ४२० रहेको जानकारी उहाँले दिनु भएको छ ।

त्यस्तै प्रवक्ता देवकोटाले मुलुकको प्रादेशिक स्तरमा क्रमस १ न प्रदेशमा ३ हजार ९७ , प्रदेश न २ मा ३ हजार ९२५ ,वाग्मति प्रदेश ५ हजार ९१५ र गण्डकी प्रदेशमा ४ हजार २७२ को परीक्षण गरिएको जानकारी दिनु भएको छ । त्यस्तै प्रदेश न ५ २हजार ५९६ र कर्णाली प्रदेश ४हजार ३०८ र सुदुपश्चिम प्रदेश ७हजार ३ सय ७ जनाको परीक्षण गरिएको जानकारी दिनु भएको छ ।  त्यस्तै उहाँले आज सेती प्रादेशिक अस्पतालबाट ४० वर्षिया पुरुष  राजधानीको टेकु अस्पतालबाट ३२ वर्षिया पुरुष उपचार पछि आज डिस्चार्ज भएको जानकारी दिनु भएको छ । यो संगै डिस्चार्ज हुनेको सख्या ७ जना पुगेको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.10

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.10#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Mittwoch, 22. April 2020

विपी स्वास्थ्य प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३ जनामा २४ वर्षिय पुरुष ६० वर्षिया पुरुष र ७२ वर्षिया पुरुषमा नयाँ संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ । योसंगै संक्रमितको सख्या ४५ पुगेको छ ।  त्यस्तै नयाँ संक्रमित संगै बाँकी सवै उपचारारत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । साथै उहाँले देशैभर क्वारेन्टाइनमा ८ हजार ५९५ रहेको र आइसोलेसनमा रहेको  ९५ जना मध्ये उपत्यकामा ३ जना र उपत्यका वाहिर वाहिर ९२ रहेको जानकारी  दिनु भएको छ । पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले  पिपिई बुथ सहयोग जानकारी समेत दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।